कला/साहित्य

ऋतिककै घरमा भाडामा बसिन् गर्लफ्रेन्ड सबा आजाद

चर्चित बलिउड कलाकार ऋतिक रोशनले गर्लफ्रेन्डलाई आफ्नै घरमा भाडामा राखेका छन्।

हरेक महिना ७५ हजार भारतीय रुपैयाँ लिने गरी रोशनले आफ्नो सी फिसिङ्गको आलिशान अपार्टमेन्ट गर्लफ्रेन्ड सबा आजादलाई दिएका हुन्। यद्यपि रोशनको घर भएको क्षेत्रमा एउटा अपार्टमेन्टको भाडा २ लाखसम्म पर्ने ब्रोकरहरु बताउँछन्।

पचास प्रतिशतभन्दा पनि कम रकम लिएर रोशनले आजादलाई उक्त घर भाडामा दिएकोबारे अहिले बलिउडमा चर्चाको विषय बनेको छ।

भारतीय सञ्चारमाध्यम हिंदुस्तान टाइम्सका अनुसार मुम्बईको जुहू वर्सोवा लिंक रोडमा रहेको ३ बीएचको अपार्टमेन्टको बिल्ड अप एरिया १३ सय स्क्वाएर फिटमा फैलिएको छ।

सबा आजादले उक्त अपार्टमेन्टमा बस्न कागजपनि गराइ सकेकी छन्। यसका लागि सबाले १ लाख २५ हजार भारतीय रुपैयाँ डिपोजिट गरीसकेकी छन्।

झण्डै एक अर्ब भारतीय रुपैयाँमा किनेका हुन् ऋतिकले अपार्टमेन्ट

ऋतिक रोशनले अक्टोबर २०२० मा मत्रत बिल्डिङ २ सी फिसिङ्ग अपार्टमेन्ट किनेका हुन्। त्यो बेला ऋतिकले यसलाई ९७.५ करोड भारतीय रुपैयाँ तिरेका थिए। पहिलो अपार्टमेन्ट २७५३४.८५ वर्गफिट र दोस्रो ११,१६५ वर्गफिटमा फैलिएको छ। पहिलोलाई ऋतिकले ६७.५० करोड र दोस्रोलाई ३० करोडमा खरिद गरेका हुन्।

मुंबई मिरेरे रिर्पोटका अनुसार ऋतिक रोशनले फ्ल्याट समीर भोजवानीको नाममा बिल्डरसँग खरिद गरेका हुन्। उनको अपार्टमेन्टमा ओपन टु द स्काई टैरेस, १० पार्किङ्ग स्लाट र एक्सक्लृसिभ लिफ्ट रहेको छ।

सन् २०२३ मा ऋतिक रोशनले यो घरको रिनोवेशन गराएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार, दुवै सँगै बस्ने गरी फ्ल्याट लिएपनि पछि ऋतिकले साबालाई मात्र उक्त फ्ल्याटको साँचो सुम्पिएका हुन्।

ऋतिक रोशनले सन् २०२२ श्रीमती सुजैन खानसँग सम्बन्ध बिच्छेद गरेका हुन्। सोपछि उनी सबा आजादसँग नजिकिएका थिए। सबा ऋतिकभन्दा १२ वर्ष कान्छि छन्। ऋतिक अहिले ५१ वर्षका भए।

प्रकाशित: ११ भाद्र २०८२ १६:४६ बुधबार