कला/साहित्य

आफन्तीलाई सताउने

गीत

घरिघरि हराउने, आफन्तीलाई सताउने,

हाम्रो माया लत्याउने, परदेशीलाई पत्याउने।

 

वाचाबन्धन तोडिदिने, कुरा अन्तै मोडिदिने

कागतीको बोट रोपी, सुन्तलाको फल खोजिदिने

रित्तो आश देखाउने, आफन्तीलाई तर्साउने

हामीलाई थकाउने, परदेशीलाई पत्याउने

कर्मै खोटो हो कि मया, धर्मै छोडेका हो कि मया।

 

तिमीलाई रैछ ठिक्क, हामीलाई पार्‍याैं दिक्क

बानी तिम्रो हेरीहेरी, लागिरहेछ थक्कथक्क

घरिघरि बिलाउने, आफन्तीलाई रुवाउने

हाम्रा कुरा अल्झाउने, परदेशीलाई पत्याउने

कर्मै खोटो हो कि मया, धर्मै छोडेका हो कि मया। 

प्रकाशित: २४ माघ २०८२ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App