कला/साहित्य

चार वर्षपछि गुण सिनेमा घर पुनः सञ्जालनमा

ग्वार्कोस्थित गुण सिनेमा घर अत्याधुनिक प्रविधिका आठ वटा पर्दासहित पुनः सञ्जालनमा आएको छ।  

पछिल्लो चार वर्षदेखि बन्द रहेको सिनेमा हल २०५२ सालमा स्थापना गरिएको थियो। करिब २७ वर्ष निरन्तर सञ्चालनमा रहेको यो सिनेमा घर विभिन्न समस्याका कारण चार वर्षयता बन्द थियो। 

बिहीबार साँझ आयोजित कार्यक्रममा गुण सिनेमा प्रा.लि.का अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका कारण केही वर्ष दर्शकले असुविधा भोग्नुपरेको बताउँदै अब थप सुविधा र एक अतिरिक्त स्क्रिनसहित सञ्चालनमा आएको बताए।

मल्टिप्लेक्स चेन–क्यु एफ एक्सको व्यवस्थापन रहेको गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका ८ हलहरुमा १ हजार ४ सय सिट क्षमता छ। विश्वस्तरीय प्रदर्शन सामग्रीसहित गुण सिनेमाका हलहरुमा जिडिसी सर्भर, पुल्ज र जेबिएल स्पिकर, डिटिएस एक्स, प्रोसेसर एआइबी ३ हजार इमर्सिभ साउण्ड सिस्टम, बार्को टुके लेजर प्रोजेक्टर सहित सिल्भर स्क्रिन जडान गरिएको छ।

चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले एक समारोह विच गुण सिनेमा प्रालिका अध्यक्ष दिजेन्द्र शाक्यलाई आठ वटै पर्दाको प्रदर्शन  प्रमाणपत्रहरु हस्तान्तरण गरे।

प्रकाशित: १ श्रावण २०८३ १४:२६ शुक्रबार