कला/साहित्य

बियर पिउनुअघि गोविन्दाले आमालाई फोन गरेका थिए

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजाको डिभोर्सको हल्ला अहिले चर्चामा छ। यसबीच सुनिताको एक ‘इन्टरभ्यू’ चर्चामा छ । जसमा सुनिताले आफ्नो मनपर्ने डेटबारे कुरा गर्दै बताइन् कि उनी गोविन्दासँग ठुलो होटल गएकी थिइन्। त्यहाँ, गोविन्दाले पहिलोपटक रक्सी  पिउनुअघि आफ्नी आमासँग अनुमति मागेका थिए।

सुनीताले युट्युब च्यानलसँगको कुराकानीमा भनिन्, ‘जब पहिलोपटक गोविन्दाले मलाई ताज लिएर गएका थिए, हामी पहिलोपटक श्याम्पेन पिउन लागेका थियौँ। हामीले अर्डर गरिसकेका थियौँ, तर पिउनुअघि उनी आफ्नी आमासमक्ष गए र भने– म पहिलोपटक पिउन लागिरहेको छु, के गर्नुपर्ला? म त्यहीँ बसेर पर्खिरहेकी थिएँ कि उनी फर्केर आउन् र बोतल खोलियोस्।’सुनीताले थपिन्, ‘यो राम्रै कुरा हो। जब मेरो छोरा यश ठूलो हुँदै थियो, मलाई पनि लाग्यो कि यसरी नै हुनुपर्छ।’

गोविन्दाले धेरै पटक आफ्ना इन्टरभ्यूमा भनेका छन् कि उनकी आमाले उनको जीवनमा ठूलो प्रभाव पारेकी थिइन्। निर्मला देवी धर्म र अध्यात्ममा विश्वास राख्थिन्। सन २०१६ मा जब गोविन्दा कपिल शर्माको कार्यक्रममा पुगेका थिए, त्यतिबेला पनि उनले यस्तै एउटा प्रसंग सुनाएका थिए।

उनी भन्थे, ‘जब म ३३ वर्षको थिएँ, के तपाईं विश्वास गर्नुहुन्छ कि म कहिल्यै डिस्को गएको थिइनँ, तर एकपटक गएँ। त्यहाँ पुगेपछि मैले आमालाई फोन गरेर भनेँ– आमा, म बियर पिउन चाहन्छु। त्यसपछि आमाले मलाई उपदेश दिनुभयो।’

गोविन्दालाई आमाले भनिन्,  ‘त्यस्तो के नशा गर्ने, जुन बिहानसम्म झर्छ।’ त्यसपछि जब कपिलले सोधे– त बियर त पियौ त? गोविन्दाले इसारा गर्दै भने– ‘एक’ र त्यसपछि सबै हाँस्न थाले।

प्रकाशित: ८ भाद्र २०८२ ०९:०७ आइतबार