कला/साहित्य

सुशासन

लघुकथा

‘यो नियतवश होइन परिस्थितिजन्य हो।’ नेताले स्पष्टीकरण दिंदै भने।

‘तर सर हजुरले त पर्खाल नै खडा गरी आफ्नो घेराभित्र पारेको देखियो त?’ पत्रकारले अतिक्रमण गरिएको भूभागतर्फ नियाल्दै साेध्याे।

‘हामीले उहिल्यै भनिसकेका छौं, यो सरकारी जमिन हो जहिल्यै सरकारलाई आवश्यक पर्छ हामीले खाली गर्छौ। ऐलानी भूभागलाई सदुपयोग गरेको मात्र हो।’  मन्त्रीले आश्वासन दिंदै भने।

‘तर सर! हजुरले खाली पनि गर्छु भन्ने अनि खाली पनि नगर्दा र लगातार आफ्नै घेराभित्र पार्न पर्खाल लगाउने अनि हामीले हजुरको आशयलाई के बुझ्ने?’ पत्रकारले साेध्याे।

- कस्तो कुरा बुझ्नु हुँदैन हजुरले? हामी आफैंले भ्रष्टाचारको विरोध गर्दै आएका छौं। सुशासनको पक्षमा लक्षित छौं।

अनि त्यो बेला परिस्थिति त्यस्तै प्रकारको थियो। त्यो भूभागमा टहरा बनाएर कर्मचारी बसालियो। कर्मचारी पनि सरकारी नै हुन अनि जग्गा पनि सरकारी हो। हामीले अरू कसैलाई दिएका छैनौं क्यारे। सरकारले चाह्यो भने हामीले त्यो खाली गर्छौ भनिरहेका छौं।’ मन्त्रीज्यूले अलि चर्को स्वरमा बोले।

‘तर सर! हजुरले खाली गर्छु पनि भनिरहने अनि खाली पनि नगर्ने? हजुरले खाली नगर्दा अरूको कसरी हामीले खालि गराउने?’ पत्रकारले फेरि पनि साेध्याे।

‘त्यो प्रशासनको काम हो।’ नेताजी त्यत्ति भनेर सुइँकिए।  

प्रकाशित: २० मंसिर २०८२ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App