कला/साहित्य

२५ करोड पारपछि ‘गौंथली’ को बक्स अफिस सुस्त

 चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः ५९ सम्मको नेपाली चलचित्रको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक गरिएको बक्स अफिस विवरणमा ५१ औँ दिन गत शनिबार मनाइ सकेको ‘गौँथली’ ले हालसम्म २५ करोड ८६ लाख २८ हजार ६१५ बढीको व्यवसाय गर्न सफल भएको छ। 

यो अवधिमा ९ लाख ३० हजार ७४४ जना दर्शकले हेरेका छन्। तर यो सँगै अब चलचित्रको बक्स अफिस सुस्त देखिएको छ। पछिल्लो तीन सतादेखि गौंथलीले २५ करोड रुपैयाँ भन्दा माथि कटाउन सकेको छैन्। 

भदौ ७ गतेसम्म यसले २५ करोड पाँच लाख ६५ हजार रुपैयाँको व्यापार गर्यो। त्यसको अर्को सता यसले २५ करोड ६५ लाख ६२ हजारको व्यापार गर्र्यो। अब हेर्न बाकी छ, अर्को सता यसले २५ करोड कटाउन सक्ला त?

गत साउन १ गतेदेखि प्रदर्शनमा आएको गौंथली’ ले चलचित्र नेपाली चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा दोस्रो स्थानमा हासिल गर्न सफल भएको छ, भने, ‘पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ रहेको छ।

डा.कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’ मा अभिनेता अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय छ ।  

प्रकाशित: २२ भाद्र २०८३ १४:०५ सोमबार