कला/साहित्य

‘गौंथली’ को व्यापार २५ करोडमाथि, अन्यको कति?

चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

साउन १ गतेदेखि प्रदर्शनमा रहेको कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ ले २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ व्यापार गरेको छ। यस्तै, नौ लाख ३१ हजार ६२७ दर्शकले यो चलचित्र हेरेका छन्।

प्रियंका कार्कीको मुख्य भूमिका रहेको सुभेन्दु घोष निर्देशित चलचित्र ‘मास्टर्नी’ भदौ ५ गतेदेखि प्रदर्शनमा आएको थियो। यसले आइतबारसम्म ३९ लाख ५२ हजार रुपेयाँको व्यापार गरेको छ भने ११ हजार नौ सय ९६ ले हेरेका छन्।

त्यसैगरी, चलचित्र ‘हली’ साउन २२ गतेदेखि देशभरको सिनेमाघरमा प्रदर्शनमा आयो तर यसले अपेक्षित व्यापार भने गर्न सकेको छैन। हालसम्म यसले २३ लाख ११ को व्यापार गरेको छ, भने आठ हजार चार सय ६३ जनाले हेरेका छन्। 

अर्को साउन २९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लज्जावती’ को व्यापार झनै कम रहेको छ। यसले सात लाख ७५ हजार रुपैयाँको व्यापार गरेको छ, भने दुई हजार सात सय ३५ ले हेरेका छन्।

प्रकाशित: १५ भाद्र २०८३ १२:३० सोमबार