धर्तीबाट जून टाढा भए पनि अँध्यारोलाई दिन्छ सहारा
तिमी छैनौ जीवनमा चल्दैन यो मुटुबिना तिम्रो इशारा।
ताराहरू सोध्छन् किन आँखा तिम्रा रसिला छन्
जवाफ छैन मसँग तिम्रै याद मात्र कसिला छन्
हृदयको पानाभरि त्यो अमरकथा लेखिनेछ
हाम्रो साथसाथ मिल्यो भने दह्रो पाउ टेकिनेछ
दुनियाँको कुरा छैन तिम्रो यादमा छाती चर्किन्छ
मुहारको हिस्सी तस्बिर नबिझाउने गरी बर्सिन्छ
आँखाको नानी तिमी, तिमी नै सुन्दर संसार हौ
जिन्दगीको सार तिमी तिमी नै खुसीको बहार हौ।
-निरुपम श्रेष्ठ
प्रकाशित: ८ कार्तिक २०८२ १३:३८ शनिबार