कला/साहित्य

‘एक मुठ्ठी बादल’ हेरेपछि पूर्वप्रधानमन्त्री कार्कीको प्रतिक्रिया : आँचल अझै १५ वर्ष चल्छिन्

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेठ १ देखी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक मुठ्ठी बादल’को प्रशंसा गरेकी छन्।

आइतबार चलचित्रको प्राइभेट प्रिमियम हेरेपछि पूर्वप्रधानमन्त्री कार्कीले प्रशंसा गरेकी हुन्।

कार्कीले चलचित्रको प्रशंसा गर्दै भनिन्, ‘यसले अहिलेको समाजलाई देखाएको छ। एक मध्यम वर्गीय परिवारको कथा रहेछ। घरमा छोरा–छोरी नमिलेका र अर्को तर्फ ज्वाइँ हेपिएका, केटा–केटीले धेरै कुरा खोज्छन्, बाउँ–आमाले दिन नसकेका जस्ता पारिवारिक तथा सामाजिक द्धन्द देखिएको छ। समग्रमा राम्रो छ’।

यस्तै, पूर्वप्रधानमन्त्री कार्कीले चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्माको कामको पनि प्रशंसा गरिन्। आँचल अझै चलचित्र उद्योगमा १० देखी १५ वर्ष चल्ने उनले दाबी गरिन्।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला लगायतका कलाकारहरूको अभिनय छ।

प्रकाशित: २८ वैशाख २०८३ १३:१६ सोमबार