कला/साहित्य

पाँच जना चलचित्रकर्मी सम्मानित

चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित २६ औं वार्षिकोत्सवको अवसरमा पाँच जना चलचित्रकर्मीलाई सम्मान गरिएको छ।

मंगलबारमा उक्त आयोजनामा सफल सगरमाथा आरोहण गरेका निशा अधिकारी,अर्जुन काकी, कविता नेपाली, रोजिता बुद्धाचार्य र मेकअप आर्टिस्ट निलम पौडेललाई चलचित्र क्षेत्रको गौरव बढाएको भन्दै सम्मान प्रदान गरिएको हो।

उक्त सम्मान सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाद्वारा प्रदान गरिएको हो।

प्रकाशित: १७ असार २०८३ ११:५५ बुधबार