अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन चलचित्र ‘पार्वती’को छायांकन सुरु भएको छ।
उक्त चलचित्रको छायांकन आज (मंगलबार) कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाबाट सुरु गरिएको हो। निर्माण पक्षका अनुसार चलचित्र आगामी भदौ १२ गते, जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।
चलचित्रमा शीर्ष भूमिकामा स्वयं अभिनेत्री ढुङ्गाना नै देखिनेछिन्। उनका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी, राजेन्द्र नेपाली तथा आशा पौडेलको अभिनय रहने जनाइएको छ। चलचित्रको पटकथा शिवम अधिकारीले तयार पारेका हुन्।
नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण भइरहेको उक्त चलचित्रका निर्माता हरिहर अधिकारी रहेका छन् भने सम्पादनको जिम्मेवारी साहिल खानले सम्हाल्नेछन्।
प्रकाशित: २४ चैत्र २०८२ १४:५७ मंगलबार