कला/साहित्य

चर्चित अमेरिकी गायिका जेसिका लिन नेपाल आउँदै

चर्चित अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाल आउने भएकी छिन्।

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कला तथा संगीत दूत कार्यक्रमअन्तर्गत उनी नेपाली कलाकारहरूसँग सहकार्य गर्न र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउन लागेको जानकारी गराएको हो।

दूतावासका अनुसार यस सांगीतिक सहकार्यमा जेसिकाले नेपाली कलाकारहरूसँग मिलेर नेपालको परम्परागत संगीतसँग आफ्नो शैली मिसाउनेछिन्। व्यावसायिक आदानप्रदान र प्रत्यक्ष प्रस्तुतिलाई जोड्ने यो कार्यक्रमले नेपालको रचनात्मक अर्थतन्त्रलाई टेवा पुर्‍याउने, कलात्मक सहकार्य बलियो बनाउने र दुई देशबिचको सम्बन्धलाई अझ अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।

यस कार्यक्रमका लागि निःशुल्क दर्ता र कन्सर्टसम्बन्धी विवरणहरू पछि सार्वजनिक गरिनेछन्। जेसिकाले पनि सामाजिक सञ्जालमा आफू नेपाल आउन लागेको कुरा साझा गरेकी छिन्। कन्सर्टको मिति भने हालसम्म घोषणा नगरिएको भए पनि उनी यस महिनाको अन्तिमतिर नेपाल आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ भाद्र २०८३ १७:२७ शनिबार