बलिउडकी चर्चित गायिका नेहा कक्करको नयाँ म्युजिक भिडियो ‘फन्दा’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको उक्त गीतमा नेपाली मोडल एभा गिरीको आकर्षक नृत्य र ग्ल्यामरस रहेको छ।
‘फन्दा’ बोलको गीतको भिडियोमा इभा कालो पहिरनमा ‘हट’ अवतारमा प्रस्तुत भएकी छन्। भिडियोमा उनीसँग स्वान्की शिव फिचर्ड पनि छन्। नेहा कक्करको म्युजिक भिडियोमा स्थान पाउनु इभाको करिअरको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
गीतमा नेहा कक्करसँगै उनका भाइ टोनी कक्करको स्वर पनि रहेको छ। दुवैको गायनले गीतलाई थप आकर्षक बनाएको दर्शकहरूको प्रतिक्रिया छ।
म्युजिक भिडियो पोयटिक र्याबिट युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। सार्वजनिक भएको केही घण्टामै भिडियोले पाँच हजारभन्दा बढी भ्युज प्राप्त गरेको जनाएको छ।
प्रकाशित: १० असार २०८३ १३:५७ बुधबार