कला/साहित्य

प्रवेशिका परीक्षा समूह-२०२५ धरान,को ‘विद्यालोक धरान’ लोकार्पण

प्रवेशिका परीक्षा समूह-२०२५ धरान, को ‘विद्यालोक धरान’ लोकार्पण गरिएको छ। काठमाडौंमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो। 

धरान पब्लिक हाइस्कुलका अध्यक्ष एवं सामाजिक अभियन्ता हरिबहादुर कार्की, विशिष्ठ गीतकार एवं साहित्यकार कालीप्रसाद रिजाल, समाजसेवी सुरेशकुमार शर्मा, प्राडा. माधवप्रसाद पोख्रेल, सुरेशकुमार वर्मा, हरिहर दाहाल लगायतले  कृतिको लोकार्पण गरे। 

‘विद्यालोक धरान’ प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीले यस कृतिको प्रकाशन धेरै साथीको सहभागितामा पूरा भएको बताए। 

कृतिमा शैक्षिक विकासक्रमका ऐतिहासिक चिट्ठीपत्र तथा प्रमाणपत्र, प्रवेशिका परीक्षा (टेष्टसहित) २०२५, धरान सम्मिलित विद्यार्थीहरूको नाम, ठेगना र सम्पर्क नं., सहयोगी साथीहरू, हरिहरप्रसाद बर्मा (हेडसर)सँग सम्बन्धित तस्वीर र ऐतिहासिक धरान र समूहका विविध कार्यक्रम एवं ग्रन्थ निर्माण सन्दर्भका तस्वीरहरू यसमा समावेश छ।

एक हजार १०१ रुपैयाँ मूल्य राखिएको उक्त कृतिबाट संकलित रकमको अक्षयकोष खडा गरी यसबाट प्राप्त आम्दानी धरानका सार्वजनिक हाइस्कुलका मेधावी छात्रछात्रालाई छात्रवृत्तिकाे रूपमा प्रदान गरिने जनाइएको छ।

प्रकाशित: १८ श्रावण २०८२ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App