‘अग्निचक्र’ राष्ट्रिय मासिकले अग्निचक्र डा. दीनबन्धु शर्मा विशेषाङ्कको परिचर्चा गरेकाे छ।
राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अग्निचक्र १७७ अङ्कमा प्रकाशित डा. दीनबन्धु शर्मा विशेष-अंकबारे अग्निचक्रको परिचर्चा कार्यक्रम वरिष्ठ साहित्यकार एवम् पत्रकार श्रीओम श्रेष्ठ 'रोदन' को सभा अध्यक्षतामा भएको हाे।
अग्रज साहित्यकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा डा. दीनबन्धु शर्मा विशेष-अंकमा लेख लेख्ने सबै लेखकले शुभकामना आदानप्रदान गरेर डा. शर्मालाई ६४ औं जन्मदिनको शुभकामना समेत दिएका थिए।स्रष्टा शर्मा विशेषत: आख्यान क्षेत्रमा निकै कहलिएका स्रष्टा हुन्।
प्रकाशित: १६ श्रावण २०८३ १०:१४ शनिबार



