कला/साहित्य

कथाकार काफ्लेको ‘फिरादपत्र’ को विमर्श

सुन्दरहरैँचा कला साहित्य विकास समितिले कथाकार मोहनप्रसाद काफ्लेको कथासङ्ग्रह ‘फिरादपत्र’ को विमर्श गरेको छ।

सहप्राध्यापक डा. मोहन तुम्बाहाङले कृतिका कथाहरूको चर्चा गरेका थिए। सानाठुला गरेर विभिन्न १७ कथा भएको उक्त कृति र लेखकको व्यक्तित्वबारे समेत बताएका थिए।

प्राज्ञिक व्यक्तित्व भाषाविद् मेदिनीप्रसाद बराल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, सुकुना क्याम्पसका पूर्व क्याम्पसद्वय प्रेमप्रसाद भट्टराई र चन्द्रमणि राई, भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैँचा कला साहित्य विकास समितिका निवर्तमान अध्यक्ष डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, स्रष्टा समाजका अध्यक्ष जेबी थुलुङ, भानु साझा पुस्तकालयका अध्यक्ष पुनर याक्खा लगायतको उपस्थिति रहेको थियो।

सुकुना बहुमुखी क्याम्पसमा भएकाे कार्यक्रममा नव निर्वाचित समितिको पदस्थापनसमेत रहेको उक्त कार्यक्रममा भरत बर्बरिक, रूपनारायण श्रेष्ठ, धनजित पराजुली, रमेश निरौला,  विशाल गुरागाईं, सुदीप गुरागाईं, मुना मिश्र, यादव भट्टराई, शारदा दाहाल, खगेन्द्र घिमिरे, दीपा सापकोटा, टीकाराम कार्की, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, एलिना थापा, सीता खतिवडा लगायतका स्रष्टा/कलाकारहरूले रचना वाचन गरेका थिए।

कार्यक्रममा उपस्थित पाहुनालाई यमुना पराजुली विष्टले शब्दले स्वागत गरेकी थिइन्। सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव गीताप्रसाद श्रेष्ठको रहेको थियो।

२००९ सालमा षडानन्द नगरपालिका-१०, भोजपुरमा जन्मी पछिल्लो समय सुन्दरहरैँचा-१०, मोरङमा स्थायी बसोबास रहेका काफ्लेका यसअघि नै ‘एकबित्ते पुस्तिका मन्दिरको ढोकाबाट फर्किएको म’ (२०४२) र ‘अझै एक फन्को घुम्न बाँकी छ’ (२०५८) दुई कृति प्रकाशित छन्।  

प्रकाशित: २३ कार्तिक २०८२ १३:५० आइतबार