कला/साहित्य

पोखरामा ‘डिजाईनर्स फेसन विक’ गरिने

<br>

पोखरामा आगामि शुक्रबार ‘पोखरा डिजाईनर्स फेसन वीक–२०२५’ आयोजना हुने भएको छ। बुटिक एशोसिएसन नेपालको आयोजनामा पोखरा डिजाईनर्स फेसन वीक आयोजना गर्न लागेको मंगलबार पोखरामा पत्रकार भेटघाट गरेर जानकारी दिईएको हो।

पोखरा डिजाईनर्स फेशन वीक–२०२५ मा स्थानीय तथा राष्ट्रिय डिजाइनरको नयाँ कलेक्सन प्रस्तुत गरिने बुटिक एशोसिएसन नेपालले जनाएको छ। फेसन वीकमा स्थानीय कपडा, परम्परागत ढाँचा र आधुनिक सिर्जनशीलतालाई संयोजन गरी आकर्षक फेसन प्रस्तुति गरिने आयोजकले बताएको छ।  

कार्यक्रमले डिजाइनरलाई आफ्नो सिर्जनशील कला, नयाँ संग्रह र ट्रेन्ड प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ। साथै फेसन उद्योगको प्रवर्द्धन, नेटवर्किङ र बजार पहुँच बिस्तारमा समेत मद्दत गर्ने अपेक्षा गरिएको बुटिक नेपाल एशोसिएसनकी अध्यक्ष सुस्मा थापा पाण्डेले जानकारी दिईन्।

कार्यक्रमका शो–टपरमा करिश्मा मानधर, अञ्जना बराइली, सनिशा भट्टराई, राजकुमार सिंह, कृशल श्रेष्ठ, सुवेक्षा खड्का, मिरा कक्षपति र प्रेरणा लामा लगायतका कलाकार सहभागी हुने एशोसिएसनकी सचिब कमला गुरुङले जानकारी दिईन्।

बुटिक एशोसिएसन नेपालकी अध्यक्ष इन्दिरा लामिछानेले नेपाली फेसन उद्योगलाई विश्व बजारमा चिनाउन यो कार्यक्रम महत्वपूर्ण मञ्च सावित हुने विश्वास व्यक्त गरिन । बुटिक एशोसिएसन नेपाल २०७४ सालमा स्थापित भई पहिरन तथा फेसन डिजाईन क्षेत्रमा पेशागत दक्षता र व्यवसायिक हितको संरक्षणका लागि सक्रिय संस्था रहेको उनीहरुको भनाई छ।  

प्रकाशित: २७ श्रावण २०८२ १८:१८ मंगलबार

पोखरा डिजाइनर फेसन विक २०२५