कला/साहित्य

बलिउड स्टार शाहरुख खानमाथि मानहानीको मुद्दा

तस्बिर: सामाजिक सञ्‍जाल

भारतको आर्यन ड्रग केशको जाँच अधिकारी समीर वानखेडेंले शाहरुख खान र उनको प्रडकशन कम्पनी रेड रिलीजमाथि मानहानीको मुद्दा दर्ता गराएका छन् ।  

शाहरुखका छोरा आर्यन खानले आफ्नो डायक्टोरीयल सिरीज बैड्स् अफ बलिउडमा  समीरको चरित्र हत्या गरेको आरोप उनको छ ।  

दिल्लीको हाईकोर्टमा मानहानिको मुद्दा दायर गरेको समीरले जानकारी गराएका हुन्। यो मुद्दामा शाहरुख खान र गौरी खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट, ओटीटी प्लेटफर्म नेटफ्लिक्स र केही अन्यविरुद्ध दायर गरिएका हुन्।

त्यसमा उनले अदालतलाई यी व्यक्तिहरूलाई प्रतिबन्ध लगाउन, नोक्सानको क्षतिपूर्ति दिन र सत्य स्पष्ट पार्न अपील गरेका छन्।  

उक्त शृङ्खला बलिउड पृष्ठभूमिमा सेट गरिएको छ। पहिलो एपिसोडमा बलिउडका सेलिब्रेटीहरू एक सफलता पार्टीमा भाग लिइरहेको देखाइएको छ, जसको बाहिर एक अधिकारीलाई लागूपदार्थ प्रयोगकर्तालाई पक्राउ गरेको देखाइएको छ। उक्त चरित्र आफूसँग मिल्ने समीर वानखेडेंको दाबी छ । 

रिलिज भएपछि, दर्शकहरुले सामाजिक सञ्जालमा समीर वानखेडेंसँग तुलना गरेका थिए । 

प्रकाशित: ९ आश्विन २०८२ १९:२४ बिहीबार