कला/साहित्य

दीपकराज गिरीको व्यङ्ग्य- मतदाताको रूपमा मेरो चुनावी खर्च २५ हजार

अभिनेता दीपकराज गिरीले मतदाताको हैसियतमा आफ्नो चुनावी खर्च २५ हजार रुपैयाँ भएको भन्दै व्यङ्ग्य गरेका छन्।

सामाजिक सञ्जालमा मासुभातको विरोध भएपछि दलहरूले खानपिनका स्टल बन्द गर्दा आफ्नै खल्तीबाट खानुपरेको भन्दै गिरीले ५ हजार रुपैयाँ खर्च भएको हिसाब देखाएका छन्।

त्यस्तै, आफूलाई पहिल्यै दहीच्यूरे पार्टीको सदस्य घोषणा गरेका कारण दलहरूले गाउँ जाने टिकट नकाटिदिँदा यात्रामा थप १० हजार खर्च व्यहोर्नुपरेको उनले सुनाए।

दलहरूले आफूलाई भोट नहाल्ने पक्का भएपछि मौन अवधिमा बाँडिने सम्भावित भत्ता नदिएको र त्यसले गर्दा थप १० हजार घाटा लागेको गिरीले टिप्पणी गरेका छन्।

‘कूल मिलाएर मेरो चुनावी खर्च जम्माजम्मी २५ हजार भएको सार्वजनिक गर्दछु,’ उनले सुनाए, ‘यो विवरणमा देखाउन मिल्ने खर्चहरू मात्रै समावेश छ, लुकेर गरिएका अवैधानिक अन्य खर्चहरू यसमा समावेश गरिएको छैन।’

प्रकाशित: ३० फाल्गुन २०८२ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App