कला/साहित्य

दीपक राज गिरीले गरे तीन लाख रुपैयाँको सहयोग

कलाकार तथा निर्देशक दीपक राज गिरीले भाद्र १० गते रसुवा, नुवाकोट लगायत जिल्लामा आएको विनाशकारी बाढी पिडितलाई आफ्नो तर्फबाट तीन खाल रुपैयाँ सहयोग गरेका छन्।

आमा सरस्वती मुभिज प्रा. लि. को तर्फ बाट गिरीले यो रकम बाढी प्रभावितलाई राहत तथा पूर्णनिर्माणको उद्धेश्यले प्रधानमन्त्री राहत कोषमा प्रदान गरेका हुन्। गिरी उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत हुन्। उक्त रकमले प्रभावितलाई राहत दिने उनले आशा व्यक्त गरेका छन्। साथै अन्य आद्य सामाग्री पनि सहयोग गर्ने भन्दै उनले थपे–‘ अन्य खाद्य सामग्री र कपडाहरू पठाउने कार्यमा पनि लाग्दैछौ’।

गिरीले सबैलाई आफ्नो पक्षबाट सक्दो सहयोग गरौँ भनेर आग्रह गरेका छन्।

प्रकाशित: १३ भाद्र २०८३ १२:३१ शनिबार