कला/साहित्य

सम्पन्न भयाे ‘छक्कापञ्जा इन गेथेस्बर्ग’

चार भाइ इन्टरटेनमेन्टको प्रस्तुतिमा ‘छक्कापञ्जा इन गेथेस्बर्ग’ कार्यक्रम भव्य रूपमा भएको छ। नेपाली चर्चित कलाकारहरू दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल लगायतकाहरू अमेरिका भ्रमणमा रहेका बेला ४ भाइ इन्टरटेनमेटले भ्रमणको अन्तिम कार्यक्रम भेटघाट र विदाईस्वरूप यस कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार शिवहरि पौडेल र चर्चित नायक प्रज्ज्वल गिरीको पनि उपस्थिति रहेको ४ भाइका प्रमुख दिवश वनले बताए।

पहिलेपटक दिपक, दिपा  र जिनु नेपाललाई गेथेस्बर्गमा देख्न पाउँदा त्यस क्षेत्रमा बसोवास गर्ने नेपाली कलाप्रेमी नेपालीको बाक्लो उपस्थिति रहेको थियो। धेरैले दिपक, दिपा र जितुसँग नाचगान पनि गरे।

निरन्तर रूपमा यस्ता नेपाली कला तथा  सांस्कृतिक कार्यक्रम निरन्तरता दिंदै जाने यस कार्यक्रमका संयोजक निमेष गिरी बताए। नेपाली कला एवं चलचित्र क्षेत्रका विविध गतिविधि आफू जहाँ भए पनि निरन्तरता दिनुर्पछ भन्ने सोचले यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेको ४ भाइ इन्टरमेन्टका सल्लाहकार एवं चलचित्र प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाले बताए।

साथै कार्यक्रमको सफलताका लागि यस संस्था ४ भाइ इन्टरटेनमेन्टका सदस्यहरू उत्सव रिमाल, राजेन्द्र श्रेष्ठ र पुराना रेडियोकर्मी सन्जु शाहीको पनि विशेष भूमिका रहेको थियो।

कार्यक्रमको सञ्चालन वरिष्ठ गीतकार एवं निर्माता बाबुराम दाहालले गरेका थिए। कार्यक्रमला रोचक बनाउन दिपक, दिया अनी जिनले एकल प्रस्तुतिका साथ संयुक्त प्रस्तुति पनि गरेका थिए।     

प्रकाशित: १२ कार्तिक २०८२ १०:५१ बुधबार