कला/साहित्य

बक्स अफिसमा दयाको दबदबा

पछिल्लो समय अभिनेता दयाहाङ राईका दुई वटा चलचित्र प्रदर्शनरत छन्। माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ र अर्को कार्तिक ६ गते प्रदर्शनमा आएको रामबाबु गुरुङको निर्देशनमा तयार ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’।

उनको ‘पेन्सन पट्टा’ धेरैका लागि आश्चर्यको विषय बनेको थियो। यो चलचित्रले एक सप्ताहमा आठ करोड रुपैयाँ बढीको कलेक्सन गरेको थियो।

सोमबार चलचित्र बक्स अफिसले सप्ताहिक कलेक्सनको विवरण सार्वजनिक गरेको छ। जसमा दयाहाङको दुई वटै चलचित्रले बाजी मारेको छ। दसैँ बिदाको अवसर पारेर चार नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका थिए। तीमध्ये सबैभन्दा कम अवधिमै दयाहाङको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ अगाडि छ।

यसले प्रदर्शनको १०औँ दिनमा दश करोड ७३ लाख रुपैयाँको कलेक्सन गरेको छ भने तीन लाख ४६ हजार चार सय २७ वटा टिकट बिक्री गरेको छ। अर्को तर्फ भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले पनि आइतबारसम्म दश करोड २८ लाख रुपैयाँको कलेक्सन गरेको छ भने तीन लाख ६२ हजार २०१ वटा टिकट बिक्री गरेको छ।

यसरी हेर्दा उनका यी दुई चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेका छन्। यी चलचित्र सिनेमाघरमा अझैँ पनि प्रदर्शनरत छन्।

प्रकाशित: १६ कार्तिक २०८३ १२:३० सोमबार