कला/साहित्य

दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार डा. आचार्यलाई

यस वर्षको दण्डपाणि- नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ।

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

पुरातत्त्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल सदस्य रहेको समितिले कूटनीतिज्ञ एवं शिक्षासेवी आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पचास हजार राशिको यो पुरस्कार यही चैत १३ गते प्रदान गरिने छ।

प्रकाशित: ४ चैत्र २०८२ ११:४६ बुधबार