मनु ब्राजाकीकाे सिर्जनामाथिका समालाेचना ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति बजारमा आएकाे छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले प्रकाशन गरेकाे हाे। रवीन्द्र भट्टराईले सम्पादन गरेकाे कृतिमा एक लेखकका ३/४ लेख पनि समेटिएका छन्।
उक्त कृतिमा जीवनी खण्ड, अग्रलेख, कथाकृति, उपन्यास समीक्षा, गजलकृति समीक्षा, गजलकारिता, कथाकारिता, संस्मरणकृतिको समीक्षा र उनका प्रकाशित पुस्तकका फोटो र हस्तलिखित जीवनदृष्टि रहेकाे साहित्यकार बिमल अधिकारीले बताए।
उक्त कृति २०७३ सालमै प्रकाशन गर्ने लक्ष्य रहेको भए पनि सम्पादन तथा लेखन क्षेत्रका सक्रिय नकुल सिलवालको अवसानपछि रोकिएको थियो।
उक्त कृतिकाे आवरण फोटो आरके अदीप्त गिरी र आवरणकला उत्सव भट्टराईकाे रहेको छ। कपिलदेवको विशेष हेल्पमा ग्रन्थ प्रकाशित भएकाे कृतिकाे मूल्य रूपैयाँ १०५१ रहेकाे छ।
प्रकाशित: ७ मंसिर २०८२ ०८:५९ आइतबार