कला/साहित्य

ताली

लघुकथा

`विजयी प्रतियोगीको हौसलाका लागि ताली बजाउन कन्जुस्याइँ नगरौँ।´

उद‌्घोषकले यसो भन्दै गर्दा ताली परर्र बजिरह्यो।

पुरस्कार पाउनेहरू एकपछि अर्को आउँदै गरे। पुरस्कार थन्क्याउँदाको व्यस्तताले उनीहरूले अरू पुरस्कृतको हौसलाका लागि ताली बजाउन भियाएनन्।

`खै, ताली?´ उद‍्घोषक फेरि चिच्याए।

ताली पिट्नेले पिटिरहे। अर्काका लागि ताली पिट्दापिट्दा एक थरी थाके। पुरस्कार पाउनेहरूले निधार रातै बनाए, पुरस्कारको बोकिनसक्नुको भारी बोक्दै फर्किए।

ताली पिट्नेहरू एउटा चकलेट पनि खान नपाई निन्याउरो मुख लगाएर घर फर्के।

सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए।

प्रकाशित: ३ श्रावण २०८३ ११:४५ आइतबार