कला/साहित्य

परिवर्तन

कविता

एक मधुर धुनले क्षणलाई मनमोहक बनाउन सक्छ

एक सपनाले आशा जगाउन सक्छ

एक रूखले धेरै चराचुरुङ्गीलाई बास दिन सक्छ

एक मुस्कानले जिउने उम्मीद जगाउन सक्छ

एक अमूल्य क्षणले परिवर्तन ल्याउन सक्छ

एक जूनले संसारलाई डोऱ्याउन सक्छ

एक असल सोचले लक्ष्य निर्धारण गर्न सक्छ

एक असल क्षमतावान् व्यक्तिले

देश र समाज नै परिवर्तन गर्न सक्छ

एउटा मधुरो दियोले अन्धकार मेटाउन सक्छ

आत्मबल बोकेको बलियो पैतालाले संसार भ्रमण गर्न सक्छ

एउटा असल शब्दले धेरैको मनोबल बढाउन सक्छ

एउटा दयालु स्पर्शले हतासमा जिउने आशा जागाइदिन सक्छ

एउटा सशक्त आवाजले एक अमूल्य परिवर्तन ल्याउन सक्छ

एउटा पवित्र हृदयले सत्य के हो भनेर जान्न सक्छ

लक्ष्य बोकेको एक व्यक्तिले समाजमा परिवर्तन ल्याउन सक्छ

यो तपाईं हामीमा निर्भर छ…!

प्रकाशित: १८ असार २०८३ ०८:५६ बिहीबार