कला/साहित्य

‘बब डाइ’ छायांकन ४२ दिनमै सकियो

चलचित्र बब डाइको छायांकन सकिएको छ। प्रवीण श्रेष्ठको निर्देशनमा निर्मित चलचित्रको ४२ दिनमै छायांकन सकिएको छ।

राजधानीको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका फरक फरक स्थानमा छायांकन गरिएको छ। निर्देशक श्रेष्ठले ‘बब डाइ’ बाट  १२ वर्षपछि निर्देशनमा फर्किएका छन्।

तर यसको दुई गीतको छायांकन भने बाँकी छ। निर्माण पक्षका अनुसार गीतको छायांकन पनि केही सातामा सकिने छ। सौगात मल्लले ‘बब डाइ’को भूमिकामा छन्। भने नेवारी भाषामा भाइलाई ‘डाइ’ भनिने भएकाले चलचित्रको नाम बब डाइ हुन गएको अनुमान लगाउन सकिन्छ।

अभिनेता सौगात मल्ल र अभिनेत्री सिम्रन पन्तको मुख्य भूमिका रहेको सिनेमामा सन्तोष पन्त, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, कमल देवकोटा, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तण्डुकार, मनोज महर्जन, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय छ ।

राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन । 

प्रकाशित: १८ पुस २०८२ १७:२५ शुक्रबार