बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले ताज पहिरिएकी हुन्।
रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरू सहभागी हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ प्रतियोगिताको छैटौँ संस्करण हो। विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विधाका विजेताहरू पनि चयन गरिएका छन्।
यसमा शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’को रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भएकी छन्।
प्रतियोगिताको ग्रान्ड फिनालेमा थाइल्यान्डकी ‘मिसेस वर्ल्ड २०२५’ सामी चनिता सीडाकेट क्रेथोर्न प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनी शुक्रबार नेपाल आइपुगेकी थिइन्।
प्रतियोगिताका निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्वहरू रहेका थिए।
प्रकाशित: १५ कार्तिक २०८३ ११:११ आइतबार