कला/साहित्य

सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आइपुगे विनय लश्करी

कलाकार विनय लश्करी आफ्नो सम्पूर्ण टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि बिहीबार काठमाडौं आइपुगेका छन्।  

नेपाल आएका लश्करीलाई एल एन्ड एन एजेन्सीका निर्देशक नितेन कायस्थ तथा एभेन्टोज नेपालका निर्देशक डेभिल सिंह राजपुत सहित एल एन्ड एन एजेन्सीको सम्पूर्ण टोलीले स्वागत गरेको हो।

विनय लश्करीको विशेष सांगीतिक कार्यक्रम ‘लश्करी लाइभ इन नेपाल’ भोलि अर्थात् २१ अगस्ट २०२६ मा काठमाडौंको ओम्निया द क्लब, ठमेल मा आयोजना हुँदैछ।

लश्करी आफ्नो विशेष संगीत तथा ऊर्जावान प्रस्तुतिका कारण युवापुस्तामाझ लोकप्रिय छन्। नेपालमा हुन लागेको उनको विशेष प्रस्तुतिलाई लिएर नेपाली संगीतप्रेमी तथा युवामाझ उत्साह बढेको छ।

कार्यक्रममा विनय लश्करीले आफ्ना चर्चित गीत तथा विशेष सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। कलाकार आफ्नो सम्पूर्ण टोलीसहित नेपाल आइपुगेपछि कार्यक्रमको तयारीसमेत अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ।

ठमेलस्थित ओम्निया द क्लबमा आयोजना हुने उक्त कार्यक्रम नेपाली दर्शकका लागि विशेष सांगीतिक साँझ बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ भाद्र २०८३ १६:१६ बिहीबार