कला/साहित्य

‘भोटेकोसी बाढीपीडित’ काे सम्झनामा संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने

स्रष्टाहरूले भोटेकोसी बाढीपीडितकाे सम्झनामा भोटेकोसी बाढीपीडित संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने भएकाे छ।

नेपाली साहित्यकारहरूको म्यासेन्जर समूह चियावार्ताको आयोजनामा तीनकुनेस्थित हेभेन टिम्मुर थकालीमा स्रष्टाहरूको भेटघाट कार्यक्रममा यस्ताे निर्णय भएकाे हाे।

दसैँ, तिहार जस्ता महान पर्वहरूको अवसरमा शुभकामना आदानप्रदानकाे साथ कार्यक्रम भएको हाे।

समूहका २७ साहित्यकाको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा गङ्गा कर्माचार्य पौडेल, निर्मला बराल, राधिका गुरागाई, देवा अधिकारी, अम्बिका धिताल, महेन्द्र नेउपाने, मनीष शर्मा समित, मिसु श्रेष्ठ, रन्जु खनाल, मदन पोखरेल, बाबुराम भट्टराई, जया शर्मा  उमा सिजापती रहेका थिए।

साहित्यकार लक्ष्मी पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा  वन्दना घिमिरे, मन्जूश्री गिरी, अनिता ढकाल,  अनिता भण्डारी, रमेश सुवेदी, इन्दिरा चापागाई , मन्दिरा चापागाई  लगायतका स्रष्टाकाे सहभागिता थियाे।

स्रष्टाहरूले लघुकथा, मुक्तक  वाचन गर्नुका साथै साङ्गितिक माहौलमा परिचय र शुभकामना व्यक्त गरिएको थियो।

लघुकथाकार लता केसी ‘लघुकथा अभिभावक’ काे संयोजनमा भएकाे उक्त कार्यक्रममा लघुकथाविद् डा. पुष्करराज भट्टले वाचित लघुकथाको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले लघुकथामा नयाँपन ल्याउनेमा प्रयासरत रहनुपर्ने बताए।चियावार्ता समूहकाे संयोजक केसीले स्रष्टाहरूले भोटेकोसी बाढीपीडितकाे सम्झनामा भोटेकोसी बाढीपीडित संयुक्त लघुकथासङ्ग्रहले स्रष्टा तथा पीडित परिवारमा सान्त्वना तथा राहत मिल्ने बताइन्।

प्रकाशित: ४ आश्विन २०८३ ०७:४३ आइतबार