कला/साहित्य

‘मिस मिथिला नारी नेपाल’ हुँदै

सौन्दर्य प्रतियोगीता ‘मिस मिथिला नारी नेपाल २०२६’ को आयोजना हुने भएको छ। आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार प्रेसमिट गर्दै ब्युटी पेजेन्टबारे जानकारी गराएको हो।

मिस मिथिला नारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा दिइएको छ। प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिने बताइएको छ। प्रेस मिटमा प्रतियोगिताको उद्देश्य, कार्यक्रमका विशेषता, अडिसन विवरण तथा आगामी गतिविधिबारे आयोजक संस्थाका प्रमुख हरिश जायसवालले जानकारी दिए।

जायसवालका अनुसार मिस मिथिला नारी नेपाल एक ब्युटी पेजेन्ट मात्र नभएर मिथिला क्षेत्रका नारीहरूलाई सशक्तीकरणमा जोड दिने, मिथिला संस्कृतिको पहिचान गर्ने तथा नारीहरूलाई आत्मनिर्भर गराउने जस्ता कुराहरूलाई जोड दिइनेछ। उनले भनेका छन्, यसअघि मिथिलाबारे यस्तो प्रतियोगिता भएका छैनन्, यो हाम्रो उद्देश्यले मिथिला नारीहरूलाई ठुलो सहयोग तथा अवसरको रूपमा रहनेछ।

प्रतियोगीताको अडिसन फर्म खुलिसकेको जानकारी गराइएको छ। फर्म भर्न चाहनेहरुले ईसेवा एपमार्फत भर्न सकिने बताइएको छ। साथै अडिसन यहि जेठको १६ गते जनकपुर र त्यसपछि काठमाडौंमा हुने बताइएको छ। डिजिटलमार्फत फर्म नभर्नेहरुले सिधै अडिसनस्थलमै पनि सोहिदिन फर्म भर्न सक्नेछन्।

आयोजकका अनुसार मिथिला नारीहरू मात्र नभई सम्पूर्ण नेपालीहरूले सहभागीता जनाउन सक्नेछन्। मिथिला भाषाको सामान्य ज्ञान भएकाहरूलाई पनि सहभागिताका लागि आह्वान गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८३ ०६:५२ शुक्रबार