कला/साहित्य

मिस यूएसएको उपाधि अड्री एकर्टलाई

मिस यूएसएको उपाधि अड्री एकर्टले जितेकी छन् । प्रतियोगिताको उपाधि चुम्दै नेब्रास्काकी अड्री एकर्टले मिस यूएसको ताज पहिरिन ।  

विगत १८ महिनादेखि विवादित प्रतियोगितामा २२ वर्षीय डिजिटल सेप्टी एड्भोकेट एकर्टले नेवादाको रेनोस्थित ग्रान्ड सियरा रिसोर्टमा ५० जना प्रतिस्पर्धीलाई  पछि पारेर उपाधि जितेकी हुन् । प्रतियोगितामा न्यू जर्सीकी आइभी हरिङटन र ओरेगनकी चान्टे म्याकइन्टायर क्रमशः फस्ट र सेकेन्ड रनरअप भए।

यो कारणले प्रतियोगिताको नेतृत्व परिवर्तन हुन पुग्यो मिस यूएसए २०२३ नोएलिया भोइटले दुर्व्यवहारको आरोपसहित राजीनामा दिएपछि परिवर्तन भयो।

प्रतियोगिता आयोजकले यसलाई ‘नयाँ युग’को रुपाम घोषणा गरेका छन्। पाँच दिनसम्म चलेको प्रतियोगितामा प्रश्नउत्तर समावेश गरिएको थियो।

परम्परा विपरीत उनलाई गत वर्षकी विजेता अल्मा कुपरले नभई वर्तमान मिस युनिभर्स भिक्टोरिया केयर थेल्भिगले ताज पहिर्‍याइन् । यसैबिच, गत वर्ष राजीनामा दिएकी नोएलिया भोइट बुधबारको प्रारम्भिक प्रतियोगितामा सहहोस्टको रूपमा आश्चर्यजनक रूपमा फिर्ता भएकी थिइन् ।

प्रकाशित: ९ कार्तिक २०८२ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App