कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लागेको छ। उनलाई अमेरिका बस्दै आएकी एक युवतीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन्।
युवतीले सामाजिक सञ्जालमार्फत एक लामो स्ट्याटस सार्वजनिक गर्दै उक्त घटना एक वर्ष अगाडीको स्पष्ट पारेकी छिन्। जब लम्साल अमेरिका गएका थिए त्यहिक्रममा आफूमाथि बलात्कार लम्साल अपार्टमेन्ट हेर्न आउने बहानामा आफूमाथि बलात्कार गरेको आरोप लगाइएकी छिन्।
उनले प्रस्ट पार्दै लेखेकी छन्, ‘कुरा एक वर्ष अगाडिको हो। जब मेरो स्वास्थ्य समस्या थियो। म एक्लै अमेरिका बसेकी थिए। त्यसै क्रममा नेपालबाट सागर लम्साल अमेरिका आए, उनलाई मैले १० वर्षभन्दा बढी समय देखी मैले दाइ मान्ने मान्छे। मैले उनलाई विश्वास गरेको थिए। कुरा हुँदै जाँदा उनले तिमि बसेको ठाउँ देखाऊ भने, मैले उनलाई आफ्नो अपार्टमेन्ट लगे। मेरो अपार्टमेन्टमा बसेर मैले मेरो हेल्थको कुरा निस्यो, मैले मेरे सङ्घर्ष सबै बताए रुँदै भन्दै थियो कति गाह्रो भई रहेको छ। मलाई थाहा थिएन जसलाई मैले दाइ मान्थे र मेरो परिवारले परिवार, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भए।’
उनले थपिन, ‘जति आशा थियो, जति शक्ति बाँकी थियो म मा त्यो सबै हरायो। मेरो आवाज निस्किएन, म चिच्याउन चाहन्थे भन्न चाहन्थे मेरो परिवारलाई तर त्यस्तो अवस्थामा मरो परिवार टुट्छ भन्ने डर भयो’
पीडित युवतीले भनेकी छिन्, ‘यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु। र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।’
आज हिम्मत आयो र लेखे अरु कसैसँग उस्तो न होश उनले भनिन्, ‘आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्।’
उनी सनै उमेर देखि मानसिक समस्या ‘डिप्रेसन’ को सिकार भएकी उनले उल्लेख गरेकी छिन्।
यो घटनापछि कलाकार सागर लम्साललाई सामाजिक सञ्जालमा निकै आलोचना आइरहेको छ। उनको पोस्टमा नकारात्मक प्रतिक्रिया देख्न सकिन्छ।
यस घटनामा भने लम्साल तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यो घटनामा कलाकारहरूले भने प्रत्यक्ष– अप्रत्यक्ष तर्फबाट प्रतिक्रिया दिइरहेका छन्।
प्रकाशित: २० चैत्र २०८२ १३:३८ शुक्रबार