कला/साहित्य

तस्बिरमा कलाकारको दसैँ : टीका, जमरा र दक्षिणासँगै खुसी

विजया दशमीको अवसरमा नेपाली कलाकारहरूले पनि दसैँ मनाएका छन्। 

अभिनेत्री केकी अधिकारी, वर्षा राउत र पूजा शर्मा, गायिका एलिना चौहान तथा पूर्वकलाकार एवं रास्वपा सांसद रिमा विश्वकर्माले दसैँ मनाएका तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।

मान्यजनको हातबाट टीका र जमरा लगाउँदै आशीर्वाद लिने पर्वका रूपमा दसैँ मनाइरहँदा कलाकारहरूले पनि आफ्ना उत्सवका झलक सार्वजनिक गरेका हुन्।

प्रकाशित: ४ कार्तिक २०८३ १५:४२ बुधबार