कला/साहित्य

अपिल गएको मुद्दा

कविता

कोको छन् बाहिर

गोली चलाउने मान्छे

भित्र एउटा युद्ध छ

गोली लागेको

दर्दको छ ‘क्राई’

भित्रको मान्छे

चिरिँदै छ भित्र

सल्किँदै छ

आतङ्क छ बाहिर

हलचल के भयो

यो विकल्पको तिम्रो

किन मेरो संसारमाथि

यत्रो अपराध भयो

बोल्नभन्दा नबोल्न गाह्रो हुन्छ

मेरो इतिहास

र भूगोल दुवैसँग तिम्रो

किन यो विरोध भयो

स्वतन्त्रता मागेर

भगवान् दिँदै छ

गवाही मेरो

लिँदै छ मेरो मान्छे

एकचोटि नाम

अब मैले नलिएको

सिधा छ भगवान् यति

किन बाङ्गो छ यो विधि

संसार तिम्रो

गएको छैन आएको आतङ्क

किन संसारलाई अर्को मान्छे बचाउन

यति गाह्रो भयो

भगवान् आयो

किन आएन सहरमा अर्को मान्छे

सट्टामा तिम्रो

आफ्नै मृत्युदण्डमा

बोलाउँदैछन्

जनतालाई सही गर्न

बोलाउनेहरू

गुडाइरहेछ गाडी देशको सडक

अगाडिबाट

काला झन्डाहरू

नभन मलाई जनता

तिम्रो इसाराले

चलेको छैन

मेरो देशको अदालत

तिम्रो निसानाले

जितेको छैन

मेरो देशले हारेको मुद्दा

तिमीले गरेको राजनीति

तिमै्र छोरासँग

पराजित भएको छ

कसले दियो

झुटो बयान देशलाई

माग्दै छ

देशमा युवा

वास बस्ने ठाउँ

धर्मलाई अफिम भन्ने कसको

लुगामा लेखिँदै छ

‘रामनामी’

सगरमाथाको देशमा

कसको टावरको

अर्को देखिँदै छ टाटु

कोको आउँदै छन् विदेशबाट

कसले भनेको

सिंगापुर

र स्विट्जरल्यान्ड हेर्न

देशमा अहिले

भोटरसँग

झोलाबाहेक

केही छैन

रिसाएर बसेका

मेरो इन्द्रबाहेक

कोही छैन

नमाग भोट हिन्दुको

गेरुवस्त्र लगाएर

नमाग भोट बुद्धको

कपाल खौरेर

नमाग जिन्दावाद

मेरो

तिमीले जलाएको सहर

आगो फ्याँक्दै छ

मसँग भोट माग्यौ भने

डरको लाग्छ

मलाई चोटपटक!

प्रकाशित: २० मंसिर २०८२ ०९:०७ शनिबार