कला/साहित्य

एलिना भन्छिन् : यो कलियुग हो, कृष्ण अब बचाउन आउँदैनन्

'कट्टा हान्दिन्छु' भन्ने चर्चित गीतकी गायिका एलिना चौहानले प्रत्येक नारीले आफ्नो लागि आफैँ लड्नुपर्ने बताएकी छिन्।

कलियुगमा नारीको इज्जत जोगाउन कृष्ण नआउनेबताउँदै अब 'अर्जुन' बन्ने समय नारीकै भएको बताएकी हुन्। 

 'यो कलियुग हो- कृष्ण अब बचाउन आउँदैनन्। अब प्रत्येक नारीले आफ्नो इज्जतका लागि आफैँ लड्न सिक्नुपर्छ,' उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'किनकि सत्य र सम्मानको रक्षामा अब 'अर्जुन' बन्ने समय नारीकै हो।'

प्रकाशित: १७ कार्तिक २०८२ १०:५९ सोमबार