कला/साहित्य

घृणा गर्नेलाई माया गर्ने प्रयासमा एलिना, भन्छिन्– ‘यो दुनियाँ अझ राम्रो हुन्थ्यो कि’

चर्चित गायिका एलिना चौहानले घृणाको बदला मायाले दिनुपर्ने भन्दै आफू सोही प्रयासमा रहेको बताएकी छन्।

सामाजिक सञ्जालमा हुने गरेका नकारात्मक टिप्पणी र आलोचनालाई लक्षित गर्दै उनले मंगलबार एक भावनात्मक स्टाटस लेख्दै सबैलाई सकारात्मक बन्न आग्रह गरेकी हुन्।

आफ्नो आधिकारिक फेसबुक पेजमा उनले लेखेकी छन्, ‘जसले घृणा गर्छन्, उनीहरूलाई माया गर्न सकियो भने, यो दुनियाँ अझ राम्रो हुन्थ्यो कि। म प्रयास गरिरहेको छु, तपाईंहरु पनि गर्नुस्।’ 

उनको यो छोटो तर गहिरो सन्देशले सामाजिक सञ्जालमा कलाकारहरूले सामना गर्नुपर्ने घृणा र मानसिक तनावलाई संकेत गरेको छ। पछिल्लो समय कलाकारहरू व्यक्तिगत जीवनदेखि व्यावसायिक कामसम्मका विषयमा निरन्तर ट्रोलिङ र नकारात्मक टिप्पणीको सिकार भइरहेका छन्।

कुनै व्यक्ति वा घटना उल्लेख नगरी लेखिएको यस स्टाटसले उनको आफूप्रति लक्षित घृणालाई पनि प्रेमले जित्ने आफ्नो व्यक्तिगत प्रयासबारे बताएको छ। धेरै फ्यान तथा शुभचिन्तकहरूले उनको यो दृष्टिकोण सकारात्मक भन्दै प्रशंसा गरेका छन्।

सामाजिक सञ्जालमा फैलिने नकारात्मकताको बीचमा उनले दिएको यस सन्देशलाई धेरैले प्रेरणादायी मानेका छन्।

प्रकाशित: १० भाद्र २०८२ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App