कला/साहित्य

ट्रोल गर्नेलाई आलियाले दिइन् कडा जवाफ

बलिउड अभिनेत्री आलिया भट्ट गत बुधबार कान्स फिल्म फेस्टिवल २०२६ को रेड कार्पेटमा लोरियल पेरिस डिनरमा आकर्षक अवतारमा देखिएकी थिइन्।

कार्यक्रममा उनले फ्लोरल ब्रोकेड डिजाइनको स्टाइलिस आउटफिट लगाएकी थिइन्, जसले उनको रॉयल र एलिगेन्ट लुकलाई अझ विशेष बनाएको थियो।

उनको लुकको धेरै चर्चा भए पनि सामाजिक सञ्जालमा केही ट्रोलिङको पनि सामना गर्नुपर्‍यो। एक भिडियो भाइरल भएपछि केही प्रयोगकर्ताले अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले आलियालाई बेवास्ता गरेको प्रतिक्रिया दिएका छन्।

यसपछि आलियाले एक ट्रोल गर्नै सामाजिक सन्जाल प्रयोगकर्तालाई निकै शालीन तरिकाले जवाफ दिएकी छन्। उनले इन्स्टाग्राममा आइभोरी सिल्क गाउनमा आफ्नो भिडियो शेयर गरेकी थिइन्। त्यसमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका थिए, ‘कति दुःखको कुरा, कसैले तपाईंलाई नोटिस नै गरेन।’

यसको जवाफमा आलियाले लेखिन्, ‘दुःख किन डियर ? तपाईँले त मलाई नोटिस गर्नुभयो नि।’

आलियाको समर्थनमा टेली कलाकार गोनी और सिंगर राहुल वैधले पनि खुलेर बोले। अली गोनीले सामाजिक सञ्जालमा जब कुनै कलाकारले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चम्काउन मेहनत गरिरहेको हुन्छ, त्यतिबेला आफ्नै मानिसहरूले उनलाई तल झार्ने प्रयास गर्नु दुःखद कुरा रहेको उल्लेख गरे।

त्यस्तै, राहुल वैद्यले पनि आलियालाई कसैको ध्यान आकर्षित गर्न आवश्यक नभएको बताएका छन्।

विश्वको सबैभन्दा प्रतिष्ठित फिल्म महोत्सव तथा सांस्कृतिक कार्यक्रम कान्स मे १२ मा सुरु भएको थियो। यो महोत्सव फ्रान्सेली रिभेरामा मे २३ सम्म जारी रहनेछ।

कान्सबाट आलिया भट्टका अहिलेसम्म पाँचवटा लुक्स सार्वजनिक भइसकेका छन्।

प्रकाशित: १ जेष्ठ २०८३ १४:०१ शुक्रबार