अभिनेता यशको जन्मदिनमा बिहीबार आगामी फिल्म ‘टक्सिक : ए फेयरीटेल फर ग्रोन–अप्स’ को टिजर सार्वजनिक भएको छ। लगभग तीन मिनेट लामो यो टिजर एक्सनले भरिएको छ।
टिजरलाई फ्यानहरू मात्र होइन, चलचित्र उद्योगका ठुला अनुहारले पनि प्रशंसा गरेका छन्। निर्देशक राम गोपाल वर्माले टिजर हेरेपछि निर्देशक गीतु मोहनदासलाई ‘महिला सशक्तीकरणको जीवित प्रतीक’ भनेका छन्।
राम गोपाल वर्माले आफ्नो एक्स अकाउन्टमा गीतुको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यश स्टारर फिल्म टक्सिकको ट्रेलर हेरेपछि मलाई कुनै शंका छैन कि गीतु मोहन महिला सशक्तीकरणको जीवित प्रतीक हुन्। यो फिल्ममा उनले जस्तो निर्देशन कुनै पनि पुरुष निर्देशकले गर्न सक्दैनन्। मलाई अझै पनि विश्वास लाग्दैन कि उनले यो फिल्म खिचेका हुन्।’
यसैगरी ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी वांगाले एक्समा भनेका छन्, ‘टक्सिक। स्टाइल। एटिट्यूड। विनाश। जन्मदिनको शुभकामना यशको टिजर देखेर म छक्क परेँ।’
इन्स्टाग्राम स्टोरीमा टिजर सेयर गर्दै निर्देशक एवं निर्माता करण जोहरले लेखेका छन्, ‘वाह... कस्तो अद्भुत जन्मदिनको घोषणा। साँच्चै अद्भुत। जन्मदिनको शुभकामना यश, यो धेरै अद्भुत छ।’
फिल्ममा गीतु मोहनदासले निर्देशन रहेको छ भने यशले गीतु मोहनदाससँग मिलेर कथा लेखेका हुन्। यश मुख्य भूमिकामा छन्। फिल्ममा रुक्मिणी वसन्त, नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, हुमा कुरेशी, अक्षय ओबेरोय र सुदेव नायरलगायतको पनि अभिनय छ। यो फिल्म मार्च १९, २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ। टिजरले अहिले सामाजिक सञ्जालमा ठुलो हलचल मच्चाएको छ।
प्रकाशित: २६ पुस २०८२ १३:१८ शनिबार