कला/साहित्य

‘हनुमान अंश’को सफलतापछि निर्देशक विशाल चतुर्वेदीले घोषणा गरे ‘राम बोला’

नीम करोली बाबाको जीवनीमा बनेको बलिउड चलचित्र ‘हनुमान अंश’ले रिलिजको ३८औँ दिनमा छ। यसले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ।  

चलचित्र ‘हनुमान अंश’को सफलतापछि यसका निर्देशक विशाल चतुर्वेदीले आफ्नो आगामी चलचित्र‘राम बोला’ को घोषणा गरेका छन्। महावीर जैन फिल्म्स तथा लेखक–निर्देशक विशाल चतुर्वेदीको यो चलचित्र महाकवि गोस्वामी तुलसीदासको जीवनमा आधारित हुनेछ। यसमा तुलसीदासको जीवन, उनको आध्यात्मिक यात्रा तथा उनीसँग जोडिएका अनदेखा पक्षहरूलाई ठूलो पर्दामा प्रस्तुत गर्ने प्रयास गरिनेछ।

यसले आफ्नो प्रदर्शनको ३८ औँ दिनमा २२.५० करोड भारुको कलेक्सन गरेको छ। अर्कोतर्फ, रिलिजको १०औँ दिनमा ‘मिर्जापुर द मूवी’ ले १३.२५ करोड भारु कमाएको छ।  

अहिले सिनेमाघरहरूमा ‘हनुमान अंश’ को सबैभन्दा बढी चर्चा भइरहेको छ। दर्शकको भीडलाई ध्यानमा राख्दै चलचित्रका शो बढाएर भारतमा ८,९०२ पुर्‍याइएको छ। डेढ हप्ताअघि रिलिज भएको ‘मिर्जापुर द मूवी’ का शो घटेर ७,२२५ मा पुगेका छन्।  

२ करोड भारुमा बनेको ‘हनुमान अंश’ ले प्रदर्शनको ३८ औँ दिनमा वर्ल्डवाइड २६८.०५ करोड भारु पुगेको छ। चलचित्र ‘मिर्जापुर द मूवी’ले भारतमा अहिलेसम्म २२०.०४ करोड को कुल ग्रस कलेक्सन गरेको छ। ‘मिर्जापुर द मूवी’ को लागत भने ८०–९० करोड भारु बताइएको छ। यस हिसाबले चलचित्र नाफामा रहेको देखिन्छ। यद्यपि, केही रिपोर्टमा प्रमोसन तथा अन्य खर्चसमेत जोड्दा यसको बजेट २५० करोड भारु रहेको बताइएको छ।

यी दुबै चलचित्र नेपालमा समेत प्रदर्शनतर रहेको छ।

प्रकाशित: ३० भाद्र २०८३ ११:५५ मंगलबार