गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘भुठान’ मा अभिनय माफत् अभिनेता हरिवंश आचार्यले चलचित्र समिक्षक समाजद्वारा आयोजित ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा उत्कृष्ट अभिनेताका पुरस्कार जितेका छन्।
क्रिटिक्ट अवार्डलाई उचाल्दै उनले रमाइलो तरिकाले भने–‘यो पुरस्कार पाउँदा मलाई मेरै श्रीमतिले पुरस्कार दिएको झैं महसुस भएको छ, किनकि श्रीमतिलाई चित्त बुझाउँन एकदम गाह्रो हुन्छ, त्यसै गरि यो अवार्ड जसले दिनुभएको छ। उहाँहरुको चित्त बुझाँउन गाह्रै हुने ठाँउ यो।’ उनले क्रिटिक्स अवार्डलाई राम्रो र गह्रौँ पुरस्कारका रुपमा उल्लेख गरेका छन्।
‘अफ बिट’को सिनेमा खेल्नु पर्छ भन्ने आफूलाई उक्त चलचित्र खेल्न अभिनेत्री स्वस्तिमा खड्काले प्रेरित गरेको उनले थपे।
प्रकाशित: ७ असार २०८३ १४:२७ आइतबार