कला/साहित्य

अभिनेत्री सरोजा देवीको निधन

पद्म पुरस्कार विजेता दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको सोमबार बेंगलुरुमा निधन भएको छ।  

समाचार एजेन्सी पीटीआईका अनुसार सरोजा देवी ८७ वर्षकी थिइन।  

सरोजा देवीले कन्नड, तमिल, तेलुगु र हिन्दी भाषाका २०० भन्दा बढी चलचित्रमा काम गरेकी थिइन्। 

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले सामाजिक प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, ‘सरोजा देवीको नाम लिनासाथ, “कित्तूर चेन्नम्मा”, “बब्रुवाहन” र “अन्नाथांगी” जस्ता फिल्ममा उनको उत्कृष्ट अभिनयको सम्झना आउँछ।’  

‘दशकौंसम्म सुसंस्कृत चलचित्रमार्फत दर्शकलाई मनोरञ्जन दिने सरोजा देवीको निधन भारतीय सिनेमाको लागि ठूलो क्षति हो।’

प्रकाशित: ३० असार २०८२ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App