विवाहको एक वर्षमा अभिनेत्री अनु शाह आमा बन्दै छिन्। अभिनेत्रीले सामाजिक सञ्जाल माफर्त श्रीमान सविन श्रेष्ठसँगको तस्बिर सार्वजनिक गर्दै सो जानकारी दिएकी हुन्।
उनले ‘हाम्रो जीवनको सुन्दर उपहार’ भन्दै रातो पानको पात राखेर खुशी साटेकी छिन्। उक्त तस्बिर साझा गर्दै अंग्रेजीमा ‘वी आर प्रेग्नेन्ट’ लेखेकी छिन्। साथै ‘मम–ड्याड’ पनि लेखेका छन्। तस्बिरमा दुबैजना खुसी मुद्रामा देखिएका छन्।
उनको उक्त पोस्टमा बधाई दिनेको ओइरो लागेको छ। सयौँ जनाले उनलाई बधाई दिइरहेका छन्।
लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेकी अनु र सविनले गत वर्ष असोजमा विवाहको खबर सार्वजनिक गरेका थिए। त्यसअघि उनीहरू लामो समय प्रेम सम्बन्धमा थिए।
प्रकाशित: ३१ जेष्ठ २०८३ १३:३० आइतबार