तेलुगु अभिनेता अल्लु रामलिंगयाकी पत्नी तथा ‘पुष्पा’ स्टार अल्लु अर्जुनकी हजुरआमा अल्लु कनका रत्नमाको निधन भएको छ। उनको मृत्यु उमेरसँग सम्बन्धित रोगले भएको बताइएको छ।
दैनिक भास्करका अनुसार अल्लु कनका रत्नमाले शनिबार बिहान १:४५ बजे (स्थानीय समय) मा अन्तिम सास फेरेकी थिइन्। अल्लु अर्जुन मुम्बईबाट हैदराबाद फर्केर हजुरआमालाई श्रद्धाञ्जली दिए। अभिनेता चिरञ्जीवी पनि उनको साथमा थिए। निर्देशक त्रिविक्रम, निर्माता नागा वंशी लगायतले अल्लु परिवारको घरमा पुगेर समवेदना व्यक्त गरेका छन्।
राम चरण मैसूरमा चलिरहेको आफ्नो फिल्म ‘पेड्डी’ को छायांकन रद्द गरी हैदराबाद गए। अभिनेता वेंकटेश, वरुण तेज, साई दुर्गा तेज र वैष्णव तेजले समवेदना व्यक्त गरे। नागा चैतन्यले पनि उनलाई सम्झिए।
सामाजिक सञ्जालमा प्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन्। एक प्रशंसकले लेखे, ‘अल्लु अर्जुनकी हजुरआमा अल्लु कनका रत्नम्मा जीको आज निधन भयो। बलियो रहनुहोस्, ओम शान्ति।’ अर्कोले लेखे, ‘अल्लु परिवारको लागि ठूलो क्षति। ओम शान्ति।’
इन्टरनेट प्रयोगकर्ताले अल्लु अर्जुनको पुरानो तस्बिर सेयर गर्दै लेखे, ‘अल्लु अर्जुनकी हजुरआमा, अल्लु कनका रत्नम्मा, आज बित्नुभयो। ओम शान्ति। अल्लु अर्जुन अन्ना, हामी तपाईंको साथमा छौं।’ एजेन्सी
प्रकाशित: १४ भाद्र २०८२ १३:३३ शनिबार