कला/साहित्य

‘अभिमन्यु: च्याप्टर १’मा निर्माता विनोद पौडेल

निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन्। उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्र भन्न सकिने बताएका छन्।

यसको अर्थ जुन सिनेमाले धेरै कमाइ गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ छ। कास्टिङ र कजेटले मात्र सिनेमालाई ठूलो भन्न नसकिने उनको तर्क छ।

ठूलो बजेटको सिनेमालाई ठूलो भन्ने कि नभन्ने यो बहसको विषय होला तर उनले भन्न खोजेको स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा त्यो सानो सिनेमा हो भन्न हुँदैन भन्ने उनको तर्कमा चाहिँ बलियो छ। अनि अर्का कुरा स्टाकास्टमा सबै सिनेमा चल्छन् र स्टारकास्ट नहुँदैमा चल्दैन भन्नेचाहिँ हुँदैन।

यो उनकै चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि पुष्टि गरिसकेको छ। डेढ करोडमा बनेको चलचित्रले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाखभन्दा धेरै कलेक्सन गरेकाे छ। अब यो सिनेमालाई ठूलो भन्ने कि सानो सिनेमा?

जे होस् विनोदको निर्माण रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालमा अहिलेसम्मकै सिनेमाको रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड बनायो। अब उनको दोस्रो चलचित्र ‘अभिमन्यु’ले कति कमाउँछ भन्ने धेरैको जिज्ञासा छ। 

प्रकाशित: ७ मंसिर २०८२ १२:२५ आइतबार