कला/साहित्य

विराटनगरकाे ‘काव्य उद्यान’ मा गुञ्जियाे कविता

‘काव्य उद्यान नेपाल विराटनगर’ ले विविध साहित्यिक कार्यक्रमकाे साथ दोस्रो मासिक साहित्यिक शृङ्खला सम्पन्न गरेकाे छ।

काव्य उद्यान नेपाल विराटनगरका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षता तथा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममा विशिष्ट अतिथि महाकाव्यकार उमानाथ घिमिरे ‘सागर’, नारी स्रष्टा समाजको अध्यक्ष ममता मृदुल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल तथा अतिथिमा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको अध्यक्ष मन्जु घिमिरे दाहाल, तालतलैया कला केन्द्रका अध्यक्ष सुधीर केसी, नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको पूर्व अध्यक्ष सविना श्रेष्ठ, प्राडा हरिहर भण्डारी विशेष आतिथ्य रहेका थिए।

उक्त कार्यक्रममा छन्द कविताका विमर्शक महाकाव्यकार उमानाथ घिमिरे सागर र विराट साहित्य संगमको अध्यक्ष मधु पोखरेललाई सम्मानपूर्वक मानार्थ सदस्यता तथा पूर्णिमा सहनीलाई आजीवन सदस्यता प्रदान गरिएको थियो। संस्थाका सचिव केशव रिजालले सदस्यता प्रमाणपत्र वाचेका थिए।

कार्यक्रममा उपस्थित स्रष्टाहरूले आफ्ना कविता, मुक्तक, गजल तथा लघुकथा प्रस्तुत गर्दै साहित्यिक वातावरण सिर्जनामय बनाएका थिए।

संस्थाका कोषाध्यक्ष अंशुकुमार गुप्ताले भोजपुरी भाषामा कविता वाचन गर्दै भाषिक विविधता र मातृभाषाको महत्त्व उजागर गरेका थिए। विभिन्न भाषा, शैली र विधामा प्रस्तुत रचनाहरूले कार्यक्रमलाई थप रोचक र उपलब्धिमूलक बनाएका थिए।

सुशीला प्रसाईं दङ्गालले चलाएकाे कार्यक्रममा अम्बिका खरेल उप्रेती, तारा श्रेष्ठ, ऋषि तिवारी, हरिलाल चौधरी, शरद प्रधानाङ्ग, केशव रिजाल, सुशीला प्रसाईं दङ्गाल, सविना श्रेष्ठ, जयन्त प्रधानाङ्ग रचना वाचेका थिए।

त्यस्तै गरी अंशु गुप्ता, गोपाल निर्भीक, निर्मला नेपाल, अर्जुन नेपाल, हेमसागर पोखरेल, हरि कट्टेल, पूर्णिमा सहनी, सूर्य खत्री, सिर्जना प्रसाइ, गोमा घिमिरे दाहाल, एलपि पराजुली, कुमार श्रेष्ठ, नानुमैया दाहाल, सुधीर केसी, चन्द्रकान्त भट्टराई, स्वयम्भूनाथ कार्कीले रचना वाचेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषि तिवारीले शब्दमार्फत उपस्थितजनकाे स्वागत गरेका थिए। कार्यक्रममा सल्लाहकार कुमार श्रेष्ठ, हरिलाल चौधरी र अंशुकुमार गुप्ताले उल्लेख्य भूमिका निर्वाह गरेका थिए।

सल्लाहकार भवानीप्रसाद पोखरेल, उमानाथ भट्टराई अचल, शैलेन घिमिरे, तारा श्रेष्ठ, नरीन सुब्बा, कला कट्टेल, देवेन्द्र प्रधान, पूजा बहारले असल स्रोताको रूपमा उपस्थिति जनाएका थिए।

प्रकाशित: १६ कार्तिक २०८३ १२:१० सोमबार