कला

‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

नेपाली चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर रिलिज भएको छ। टिजर ओएसआर युट्युब च्यानलबाट नेपाली र जी म्युजिक कम्पनीबाट हिन्दी शुक्रबार १२ बजे रिलिज भएको हो।

सन्तोष सेनले आफ्ना फेसबुकमा दोस्रो टिजर सार्वजनिक गरेकाे उल्लेख गर्दै दर्शकले दिएको साथ सपोर्ट यसपटक पनि उस्तै रहने अपेक्षा राखेको बताए। उनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताएका छन्। याे चलचित्र असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको छ।

सो चलचित्र सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन्। प्रदीप खड्का र मनिष राउतसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय रहेको छ भने चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।

प्रकाशित: ३ भाद्र २०७९ ०८:३१ शुक्रबार

प्रेमगीत ३ सन्तोष सेन र छेतेन गुरुङ प्रदीप खड्का र मनिष राउतसँगै क्रिस्टिना गुरुङ अनुभव रेग्मी समृद्धि ठकुरी सुनिल थापा शिव श्रेष्ठलगायत