कला

निबन्धकार अधिकारीको ‘आदर्श पानाहरू’ लोकार्पण

आदर्श समाज, तिलिङटार काठमाडौँले निबन्धकार शिवनाथ अधिकारीको तेस्रो पुस्तक आदर्श पानाहरू (निबन्धसंग्रह) तिलिङटार मावि धापासी, काठमाडौंमा एक कार्यक्रमका बिच लोकार्पण गरेको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा प्रमुख अतिथि गुरुङ, समाजका अध्यक्ष हरिहर खनाल, वरिष्ठ अर्थविद् प्राडा गोविन्द नेपाल र तिलिङटार माविका प्रधानाध्यापक सरोजकुमार पाण्डेले सो पुस्तकको लोकार्पण गरेका हुन्।

उक्त अवसरमा प्रमुख अतिथि गुरुङले गुणकर्मविभागशः भनेजस्तै मानिसले आफ्नो गुण र भावनालाई आफ्नो कृतिको माध्यमबाट अभिव्यक्त गर्ने निबन्धकार अधिकारी साँच्चैको शिव अर्थात् कल्याणकारी भावनाका प्रतिमूर्ति भएको बताए।

उपकुलपति गुरुङले भने, ‘निबन्धकारले मानव अभ्युदयका लागि आफूले देखेका, सुनेका, बुझेका र भोगेका अनुभवलाई सुन्दर तरीकाले प्रस्तुत गरेका छन्। हामीले कृतिमा विवेचित विचार पालन गर्न सक्यौं भने मानव समाज साँच्चैको सभ्य र सुसंस्कृत हुनेछ।’

यसअघि उनका दुई कृति छरिएका पानाहरू(२०७६) र सुनौला पानाहरू(२०७७) छापिएका छन्।

प्रकाशित: २६ श्रावण २०७९ ०४:२४ बिहीबार