ढाका-दक्षिण एसियाको लागि स्वीज सरकारले स्वीज एजेन्सी फर डेभ्लोपमेन्ट एन्ड कोप्रेसनसँग सहकार्य गरेर फिल्म निर्माण गर्ने भएको छ। तीन वर्षको लागि संञ्चालन गरिएको ओपन डोर्समा इन्डिपेन्डेन्ट फिल्ममेकरहरुलाई प्रोत्साहन गरिएको छ।सन् २०१६ देखि सुरु गरिएको यस प्रोजेक्टमा नेपाल, अफ्गानस्तान, माल्दिभ्स्, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र म्यानमारका निर्देशक र निर्माताहरु प्रोत्साहित गरिएको छ । 'दक्षिण र पूर्वी एसियाका इन्डिपेन्डेन्ट फिल्ममेकरहरुको फिल्मलाई प्रोत्साहन गर्न ओपन डोर्स प्रोजेक्ट संञ्चालन गरेका हौं। हालै सुरु गरिएको यस प्रोजेक्टले हरेक देशको मौलिक कथावस्तु समेटिएको फिल्महरु निर्माण गर्नेछ । त्यसबाहेक फिल्ममेकरहरुको सिप विकासको लागि काम गर्दैछौं,' अभियानका पौलौ ब्रिटोलिनले भने,'हरेक वर्ष दक्षिण एसियाली देशहरुबाट आठ वटा प्रोजेक्टहरु छनोट गर्नेछौं । त्यसको लागि हामीले साउन २२मा चार दिने ओपन डोर्स हबको आयोजना गर्दैछौं।'
यस अभियान अन्तर्गत ओपन डोर्स हब, ल्याव र स्क्रिनिङ्स् समेटिएको छ । ओपन डोर्स हबले उत्कृष्ट प्रोजेक्टलाई ५० हजार प्रदान गर्नेछ । त्यस्तै ओपन डोर्स ल्याबमा नेपाल, भुटान, म्यानमार र बंगलादेशको प्रोजेक्टलाई प्राथमिकता दिइएको छ । ओपन डोर्स स्क्रिनिङ्समा भने दक्षिण एसियाली देशका फिल्ममेकरको फिल्म प्रवद्धनका लागि सहकार्य गरिनेछ ।
छनोट फिल्महरुलाई ६९ औं फेस्टिभल डिल फिल्म लोकार्नोमा सहभागि गराइनेछ । ओपन डोर्सलाई फेस्टिभल डिल फिल्म लोकार्नो, कान्र्स फेस्टिभल, युरोपियन अडियो भिज्योल एन्टरप्रेनससिप र एटिलायर ड्यु सिनेमा युरोपियनले सहकार्य गरेका छन् । दक्षिण एसियाका फिल्ममेकरहरुलाई फिल्मको स्क्रिप्ट पठाउन आवेदन खुल्ला गरिएको छ ।
प्रकाशित: १० माघ २०७२ ०५:१८ आइतबार