कला

'नेपाल लोकस्टार २' साउन अन्तिमबाट सुरु हुने

नेपालको मोलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार सिजन दुइ साउन अन्तिमबाट सुरु हुने भएको छ। 

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ सुरु हुने जानकारी गराइएको हो। हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फम्र्याट र शैलीमा दोस्रो सिजनको तयारी सुरु हुन लागेको हो। 

शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधबार राति ८ बजेबाट प्रशारण हुनेछ। शोको निर्णायकमा  लोक गायिका ज्योती मगर, लोकगायक कुमार बस्नेत, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा  रहेका छन्। 

शोको सञ्चालन लोकगायक प्रकाश सपुतले गर्नेछन्। कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए। कार्यक्रममा बोल्दै गायक रामजी खाँणले भने, 'सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा शेयर गर्नेछु।' 

उनले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताए। त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो सुरुवात भएको कारण केही डर लागेको बताइन्। तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताइन्।

शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पाउनेछन्।

प्रकाशित: १७ असार २०७९ ०९:३६ शुक्रबार